पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि

२८ असार २०७८, सोमबार १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी कुल २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १११३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*