साताको पहिलो दिन ५ सयले घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

१७ श्रावण २०७८, आईतवार ११:५५

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ५ सयले घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा सो मूल्यले तल झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १ हजार २८५ मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*