अर्थ मन्त्रालयको सचिवको कार्यभार मरासिनीले सम्हाल्ने

१७ श्रावण २०७८, आईतवार १२:४३

काठमाडौं । अर्थ मन्त्रालयका सचिवमा मधु कुमार मरासिनी हुने भएका छन् । यसअघि मरासिनी महालेखा नियन्त्रक रहेकोमा सरकारले अर्थ मन्त्रालयको सचिवमा आज देखि नै कार्यभार सम्हाल्ने गरी सरुवा गरेको हो ।

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*