अर्थमन्त्रालयबाट सचिव ढुङ्गानाको प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा सरुवा

१७ श्रावण २०७८, आईतवार १४:४९

काठमाडौं । अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाको सरुवा भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार लामो समयदेखि अर्थसचिवका रुपमा कार्यरत ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको र उनले आजै सरुवाको पत्र बुझेको हो ।

साथै अर्थमन्त्रालयको सचिव पदमा मधुकुमार मरासिनीलाई सरुवा गरिएको छ । ढुङ्गानाको ठाउँमा मरासिनी आएका हुन् ।
मन्त्रिपरिषदको बैठकले ढुङ्गाना र र मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*