पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

१७ श्रावण २०७८, आईतवार १७:०७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन परिक्षण गर्दा ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा २ हजार २० जना संक्रमणमुक्त भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३१ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*