सुनको भाउ निरन्तर ओरालो लाग्दै

१८ श्रावण २०७८, सोमबार १२:०२

काठमाडौं नेपाली बजारमा आाज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुन सोमबार थप १ सय रुपैयाँ घटेको हो ।

सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १ हजार २८५ रुपैयाँमा निधारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*