पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

१८ श्रावण २०७८, सोमबार १७:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १२५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*