सुनको मूल्य स्थिर हुँदा चाँदी १० रुपैयाँले घट्यो

१९ श्रावण २०७८, मंगलवार १२:०५

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । केही दिनयता घटबढ भइरहेको सुनको मूल्य सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य भने मङगलबार १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*