पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

१९ श्रावण २०७८, मंगलवार १७:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*