सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२० श्रावण २०७८, बुधबार १२:१९

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार छापावला सुन प्रतितोला ९२ हजार ३०० र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी हिज मंगलबार १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*