सिनर्जी पावरको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ईपीएस कति ?

२० श्रावण २०७८, बुधबार १३:१६

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड ९० लाख नाफा कमाउन सफल भएको थियो ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी ७३ करोड ३२ लाख रुपैयाँ रहेकोमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.२९ रुपैयाँ रहेको छ । साथै कम्पनीको प्रतिशेयर नेटवर्थ १११.४० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*