कालीगण्डकी गाँउपालिकामा ४ हजार ७ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

२० श्रावण २०७८, बुधबार १६:०२

काठमाडौं । कालीगण्डकी गाँउपालिकाले नि :शुल्क स्वास्थ्य बीमाको कार्यक्रम संचालन गरेको छ। उक्त गाँउपालिकाले निरोगी कालीगण्डकी कार्यक्रम अन्तर्गत सबै स्थानियको स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । यो सुविधा सुचारु भएसँगै उक्त गाविसमा रहेका २९ हजार स्थानियले स्वास्थ्य बीमा सुविधा पाउने छन् ।

आर्थिक बर्ष २०८७/८९ को नीति तथा कार्यक्रममा समावेश गरेसँगै बीमा कार्यक्रमलाई सुरुवात गरेको हो । स्वास्थ्य बीमा वापतको बार्षिक प्रतिपरिवारको एक लाख रुपैयाँ गाँउपालिकाले तिर्ने र स्थानिय बीमितले निःशुल्क सेवा सुविधा पाउने गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । दलित र एकल महिलाबाट सुरु गरिएको स्वास्थ्य बीमाको सुविधा असोजसम्म सबै परिवारमा पुराउने गरी काम अघि बढेको उनले बताए ।

गाँउपालिकाका झण्डै ४ हजार ७ सय घरधुरीको २ करोड रुपैयाँ बार्षिक खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने थापाले बताए । स्वास्थ्य बीमा अन्तर्गत पाँच जनाको परिवारलाई एउटा इकाइ मानेको र पाँचजनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिव्यक्ति सात सय रुपैयाँ प्रिमियम रकम थप्नुपर्ने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*