पछिल्लो २४ घण्टामा थप ४१०७ जना कोरोना संक्रमित पुष्टि, ३५ जनाको मृत्यु

२० श्रावण २०७८, बुधबार १७:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको नमूना परिक्षण गरिएकोमा ११ हजार ३५४ नमूनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*