अर्थ मन्त्रालयका सचिव मरासिनीद्वारा न्यायाधीश केसी समक्ष शपथ

२० श्रावण २०७८, बुधबार १७:२८

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालकसमितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

साउन २० गते सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक,सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*