कक्षा १२ को परीक्षा स्थगित गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय, अन्तिम निर्णय बाँकि

२२ श्रावण २०७८, शुक्रबार १९:०६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्न भोलि बैठक बोलाएको छ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।

बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय रसीसीएमसीलाई सिफारिस गरेको छ ।

मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो । त्यही अनुसार सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*