कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, थप २५४८ जनामा संक्रमण पुष्टि

२४ श्रावण २०७८, आईतवार १६:३६

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुुष्टि भएकोे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ मा पीसीआर गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सख्या ५५ जना पुग्दा २ हजार ३९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*