पछिल्लो २४ घण्टामा ३६५१ जना कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु

२५ श्रावण २०७८, सोमबार १८:००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

उक्त संक्रमित संख्या थपिएसँगै हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । तीमध्ये १० हजार १०११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*