काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी चलाउन नपाइने, काठमाडौ. प्रशासनले गर्यो निर्णय

२६ श्रावण २०७८, मंगलवार १५:२४

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा साँझ ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यकामा तीन वटै प्रशासनको आज बसेको बैठकले यही साउन २८ गतेदेखि लागू हुने गरी हरेक दिन साँझ ८ बजेपछि सार्वजनिक तथा निजि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

आगामी बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

आगामी भदौं ८ गतेसम्म जारी रहने आदेश अनुसार काठमाडौं उपत्यकामा थप कडाई गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*