पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु
काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ जनाको पिसिआर परीक्षणमा ३ हजार १९४ र एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १ हजार ७१० जना गरी कुल ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ पुगेको छ ।