कूलमान घिसिङलाई विद्युत प्राधिकरणको सिईओमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

२७ श्रावण २०७८, बुधबार १०:२६

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सो पदमा बहाल रहेका हितन्द्र देव शाक्यलाई उर्जा आयोगको पूर्णकालिन सचिव सरहको पदमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषदबाट चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त भएका शाक्यलाई अहिलेको सरकारले हटाउन नसक्ने भएकोले उनलाई अन्यत्र व्यवस्थापन गरी प्राधिकरणमा घिसिङलाई ल्याइएको हो ।

शाक्यले कुलमानका लागि आफू मार्गप्रसस्त गर्न तयार रहेको तर आफ्नो लागि सरकारले कुनै उचित जिम्मेवारी दिनुपर्ने शर्त अघि सार्दै आएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको आज सार्वजनिक भएको छ । उर्जा मन्त्री पम्फा भुषालले प्राधिकरणको सिईओमा घिसिङ नियुक्त गर्ने निर्णय सोमबारकै मन्त्रिपरिषदको बैठकले गरेको जानकारी दिईन् ।

घिसिङले अघिल्लो कार्यकालमा नेपालमा दैनिक २० घण्टा लामो लोडसेडिङलाई रणनीतिक रुपमा अन्त्य गरेर चर्चा कमाए थिए । गत वर्षको ४ वर्षे कार्यकाल पुरा गरेर गत वर्षको भदौंमा प्राधिकरणबाट विदा भएका घिसिङ पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । उनले आजै पत्र बुझेर पदबहाली गर्ने तयारी भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*