सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

३ भाद्र २०७८, बिहीबार २३:४५

काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर विषयहरु उठाउँदै आज दिनभर धर्ना दिएका छन् ।

पेशागत बीमा अभिकर्ता संघको नेतृत्वले व्यवस्थापनसँग अभिकर्ताको हित विरुद्धमा सम्झौता गरेपछि स्वतः स्फूर्त रुपमा देशैभरिबाट उठेका अभिकर्ताहरुले कार्यालय घेराउ गरेका हुन् ।

एजेन्सी म्यानेजरको नविकरणको लागि व्यक्तिगत कोडमा एक लाख ५० हजार रुपैयाँ बीमा शुल्क संकलन गरे पुग्नेमा यही साउनको अन्तिम सातादेखि चार लाख ५० हजार रुपैयाँ हुनुपर्ने गरी बृद्धि गरेपछि नेपाल लाइफमा आबद्ध देशैभरिका बीमा अभिकर्ताहरु आन्दोलित भएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्तालाई दिँदै आएको सुविधा १८ प्रतिशतको सीमाभन्दा नाघेपछि कम्पनीले गत जेठमा नै एजेन्सी म्यानेजरहरुको टार्गेट बृद्धि गरेको थियो । कोरोना महामारी र आर्थिक वर्षको अन्त्यमा स्ल्या बृद्धि गरिएको भन्दै चर्को विरोधपछि नेपाल लाइफ सञ्चालक समितिले फिर्ता लिने निर्णय गरेको थियो । तर, बीमा समितिले तोकेको १८ प्रतिशतको सीमामा बस्नुपर्ने भएकोले पुनः बृद्धि गरेको स्ल्याब बीमा अभिकर्ताहरुले नमान्ने घोषणा गरेपछि कम्पनी अप्ठेरोमा परेको छ ।

आजै अपरान्ह आन्दोलनकारी र व्यवस्थापनबीच भएको वार्ता निष्कर्ष विहिन अवस्थामा टुंगिएको छ । व्यवस्थापनले बीमा समितिको नियम अनुसार १८ प्रतिशतको स्ल्याव क्रस गर्न नमिल्ने भएकोले हाल बृद्धि गरिएको एजेन्सी म्यानेजरको टार्गेट घटाउन नसकिने अडान लिएको वार्तामा सहभागी एक अभिकर्ताका नेताले बीमापोष्टलाई जानकारी दिए । कम्पनीले भने आन्दोलनकारी अभिकर्ताहरुसँग वार्ता र संवादको माध्यमबाट निकाल्ने प्रयास अनुसार वार्र्र्ता र छलफल जारी राखेकोछ । कम्पनीले वार्ताबाटै समस्या हल गर्ने उद्देश्यले प्रयासहरु जारी रहेको कम्पनीका एक अधिकारीले जनाए ।

भोलि पुनः सञ्चालक समितिका टिमसँग वार्तामा बस्ने तयारी भइरहेको छ । नेपाल लाइफको व्यवस्थापनसँग अभिकर्र्ताहरुले बोनस दर बृद्धि गर्न नसकेको, बजारमा राम्रो चलेको र मुनाफा समेत दिएको सुरक्षित जीवन बीमा योजना बन्द गरिएको, बीमितले बीमा पोलिसीको समर्पण मूल्य पाउने समय फेरबदल गरेको भन्दै आन्दोलन निष्कर्षमा पुर्याएर मात्रै घर फर्कने गरी कफन बाँधेर निर्णायक आन्दोलनमा होमिएको आन्दोलनको नेतृत्व गरिरहेका गणेश अधिकारीले जानकारी दिए ।

आन्दोलनमा सहभागी बीमा अभिकर्ताहरु कम्पनीसँग भन्दा पनि अभिकर्ता संघसँग बढि आक्रोसित देखिएका छन् । पेशागत हित विपरित व्यवस्थापन अनुचित लाभ लिई मिलेमतो गरेर कम्पनीसँग सम्झौता गरेको आरोप अभिकर्ताहरुले लगाएका छन् । पेशागत अभिकर्ता संघका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारी, पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका अध्यक्ष राजेन्द्र अमात्य लगायतले व्यवस्थापनसँग मिलेर नयाँ स्ल्यावमा हस्ताक्षर गरेको पाइएको छ ।

 

4 thoughts on “सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

  1. आन्दोलनकारी बिरमान, कमलादी says:

    कम्पनीका मालिकसँग मिल्ने दलालहरुलाई नाङ्गेझार पारौं, पेशागत ऐक्यबद्धता जाहेर गरौं । नेपाल लाइफ मात्रै नभई अन्य कम्पनीहरुमा पनि बीमा अभिकर्तामाथि भइरहेको ठगी, बदमासी र शोषणको प्रतिरोध गर्नुपर्दछ । सबै बीमा अभिकर्ता साथीहरुलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु ।

  2. शंकर नेपाल says:

    सबैमा नमस्कार ।
    म बुटवलबाट काठमाडौंमा जारी आन्दोलनमा समर्थन जनाउँदैछु ।
    नेपाल लाइफमा अभिकर्तासँग पैसा उठाएर खाने अभिकर्ता संघका अध्यक्ष सहितका पदाधिकारीहरुले किन हस्ताक्षर गरेका रैछन जवाफ देऊ । बीमा अभिकर्ताको कोर्डबाट कम्पनीसँग मिलेमतो गरी अर्को कोडमा व्यवसाय सार्ने सराउने धन्दा चलाउने संघका अध्यक्ष नन्द तिवारीले पदबाट राजिनामा दिनुपर्छ कि पर्दैन ? तिम्रा नैतिकता कता छ ? बीमा अभिकर्ताहरु पेशागत हक अधिकार सुनिश्चित गर्न एकताबद्ध छन् ।
    बीमा अभिकर्ता उच्च नैतिकवान हुनुपर्दछ र छन् । तर, यस पटक संघका अध्यक्ष र बीमक कम्पनी संघका अध्यक्ष आमात्य सरको नैतिकता देखिएन । तिमी दुईले तत्काल संघबाट राजिनामा दिएर नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गर्नु पर्दछ । आज बीमा समितिले गरेको निर्दयी निर्णयका विरुद्धमा आन्दोलन गर्ने भनेर चर्चा र पर्चा बनाएर खोई आन्दोलन कहाँ छ ? नैतिकता हिनहरुलाई पदमा बसिरहन अधिकार छैन । राजिनामा नगरे गलहत्याएर निकाल्न सबै जना एकजुट हुनु पर्छ है साथीहरु ।

  3. Sukadev khadka says:

    कम्पनीका मालिकसँग मिल्ने दलालहरुलाई नाङ्गेझार पारौं, पेशागत ऐक्यबद्धता जाहेर गरौं । नेपाल लाइफ मात्रै नभई अन्य कम्पनीहरुमा पनि बीमा अभिकर्तामाथि भइरहेको ठगी, बदमासी र शोषणको प्रतिरोध गर्नुपर्दछ । सबै बीमा अभिकर्ता साथीहरुलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु ।

  4. अच्युत नेपाल नुवाकोट says:

    जुन अभिकर्ता को बहुमुल्य सहयोग बात आफू त्यो उचाइ मा पुगेर फेरि त्यही सहयोग लाई लत्याइ दिने कस्तो ब्याबहार हो त्यो?झिदा ले मुडो पोल्छ ।होसियार ललिपोप मा बिक्ने हरु।हामी माग पूरा नभयेसम्म छोदैइनौ। नत्र अरु बिमा कम्पनी पनि हामिलाइ स्वागत गरिरहेका छन।बेलैमा हाम्रो माग पूरा गर।सबै सना बिमा अभिकर्ता एक हौ।

Leave a Reply to अच्युत नेपाल नुवाकोट Cancel reply

Your email address will not be published. Required fields are marked *


*