बीमा प्राधिकरणद्वारा सलिको र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकरलाई जरिवानासहितको कारबाही

२४ बैशाख २०८३, बिहीबार ११:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित दुई संस्थालाई जरिवानासहित कारबाही गरेको छ । प्राधिकरणले पुनर्बीमा दलालको सेवा प्रदान गर्दै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकर प्रालि र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) लाई कारबाही गरेको हो ।

सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५ (२) को विपरीत कार्य गरेकाले जरिवाना गरिएको छ । उक्त दफामा जारी गरिने बीमालेखको बिमाशुल्कमा कुनै प्रकारको छुट रिहायत, कटौति वा सहुलियत दिन नपाइने कुरा उल्लेख गरेको छ । सोहि प्रावधान उल्लखन गर्दा सलिको कारबाहीमा परेको हो ।

उक्त कम्पनीलाई प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम पहिलो पटक दुई लाख रूपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्सले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ उपदफा (१) र (२) मा उल्लेखित व्यवस्था पालना नगरेको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ उपदफा (६) को खण्ड (क) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उक्त कम्पनीलाई पहिलो पटक गल्ती भएकाले पाँच हजार रुपैयाँ नगद जरिवाना गर्दै आगामी दिनमा निर्देशिका तथा कानुनी व्यवस्था पूर्णरूपमा पालना गर्न सचेत समेत गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*