सुकुम्बासी बस्तीमा भएको दमन पञ्चायतकालीन झझल्कोः प्रचण्ड

२९ बैशाख २०८३, मंगलवार १४:४८

काठमाडौं । प्रनिनिधिसभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका संयोकज प्रचण्डले सरकारले सुकुम्बासी बस्तीमा दमन गरेको र त्यो पञ्चायतकालीन निरंकुशताको झल्को भएको बताएका छन्।

‘हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरीब, सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गर्दथ्यो। आज लोकतन्त्रमा जनताका घरबस्ती भत्काइएका छन्। लालाबालाहरूको बिचल्ली बनाइएको छ।’ उनले भने

‘झरीमा रुझ्दै साना नानीहरू ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरंकुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ।’ उनले अगाडि भने।

उनले गरीब र सुकुम्बासीहरू समृद्धि र विकासको बाधक नभएको बताउँदै विना कुनै योजना जबरजस्ती बस्ती खाली गरेर देशको मुहार नफेरिने बताए। जसको केही हुँदैन उसको साहारा राज्य नै हुनुपर्नै बताउँदै जनताले लामो लडाईं गरेर संविधानमा आवासको अधिकार लेख्न सफल भएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*