गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोको अध्यक्ष सम्पर्क विहिन

२४ बैशाख २०८३, बिहीबार १५:१६

काठमाडौं । गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोको अध्यक्ष सम्र्पकविहिन भएको पाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आठ बीमा कम्पनीहरुको अध्यक्ष सहित शेयरधनीहरुको सेयर खरिद गर्दा तिरेको प्रिमियम रकमको स्रोत र विवरण खुलाउन निर्देशन दिईसकेको छ।

अनुसन्धानको क्रममा अहिले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदीप श्रेष्ठ (पञ्चकन्या ग्रुप), प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अध्यक्ष दिनेश सरिया (नेपाल टी इन्डष्ट्रिज) सम्पर्कविहीन भएको पाइएको छ।

विभागले कम्पनीको चुक्ता पूँजीभन्दा बाहिर व्यक्तिहरू वा संस्थाहरूको खातामा जम्मा गरिएको प्रिमियम रकमको स्पष्ट विवरण मागेको छ।

यसमा खातावालाको नाम, बैंक खाता नम्बर र प्रयोग भएको वित्तीय संस्थाको जानकारी दिनुपर्नेछ। सम्बन्धित सबैलाई १५ दिनभित्र विवरण पेश गर्न भनिएको छ।यो अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले गरेको अनुसन्धानपछि अघि बढाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*