प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

२९ बैशाख २०८३, मंगलवार १७:४१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्।

सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राइलाई वैशाख २९ गतेदेखि प्रतिनिधि सभाको सचिवको पदबाट हटाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*