दोर्दी खोला जलविद्युत् कम्पनीले वार्षिक साधारण सभा डाक्यो
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा असोज ६ गते गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभा त्रिपुरेश्वस्थित कार्यालयमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सभाले २०७८।०७९ को लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।