पेशागत बीमा अभिकर्ता संघमा विद्रोह, नेपाल लाइफ बीमक संघ पुनर्गठन गर्न माग

२१ भाद्र २०७८, सोमबार ०७:४३

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक संघ विघटन गर्न सोही कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुले माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघको हालको नेतृत्वले बीमा अभिकर्ताहरुको हितमा काम गर्न नसकेपछि नेपाल लाइफमा आबद्ध अभिकर्ताहरुले विद्रोह गर्दै नयाँ संघर्ष समिति गठन गरेका हुन् ।

गत बुधबार काठमाडौंमा आयोजित भेलाले गणेश अधिकारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । सो संघर्ष समितिका सह–संयोजकमा चन्द्र बहादुर खड्का, महासचिवमा ओम केसी, कोषाध्यक्ष तेजमणि तिम्सिना, सह–कोषाध्यक्षमा सिता दाहाल चयन गरेको छ । त्यसैगरी भेलाले उप संयोजकहरुमा सूर्य प्रसाद दाहाल, अमरचन्द्र अनिल, नगेन्द्र भुजेल, बिमला आम्गाई, मीन कुँवर, एकराज मगत, दुर्गा भट्टराई, पद्मा खड्का सिटौला चयन भएका छन् ।

त्यसैगरी, भेलाबाट सचिवमा चयन हुनेहरुमा ओम प्रकाश ओली, भीम बहादुर कुँवर, राजु कुमार शर्मा, रामशरण पोखरेल, बसन्त विक्रम कुँवर, भिम रायमाझी, कृष्ण बहादुर थापा सुशिला ढुंगाना, कपिल आचार्य रहेका छन् ।

सोही भेलाले विज्ञ समुह समेत गठन गरेको छ । नव गठित संघर्ष समितिको विज्ञ समुहमा सिताराम पन्त, नारायण दाहाल, मोहन कुमार दाहाल, घाना नन्द भुषाल, महेश दत्त भट्ट, रामचन्द्र बजगाँई, हरिहर मैनालीलाई चयन गरेको छ ।

बुधबार आयोजित भेलाबाट संघर्ष समितिको सल्लाहरुमा गोगन बहादुर पराजुली, शिव बहादुर कटुवाल, श्री प्रसाद पोखरेल, प्रमोद भण्डारी, सुबोध ठाकुर र गणेश अधिकारी लम्साल चयन भएका छन् ।

भेलाले आन्दोलन परिचालनको लागि स्वयम् सेवक समुह समेत गठन गरेको छ । सुगम गुरुङको संयोजकत्वमा गठित सो समुहको सह–संयोजकमा टंक प्रसाद श्रेष्ठ, सचिवमा निश्चल खुलाल, सह–सचिवमा महम्मत जाकिर, कोषाध्यक्षमा समीप अधिकारी, सह–कोषाध्यक्षमा बरुण माझी रहेका छन् । सदस्यहरुमा मीन बहादुर ओली, जीवन बास्कोटा, मीना लामा, शान्ति श्रेष्ठ, लक्ष्मी गैरे, सिताराम घिमिरे, संजय राउत रहेका छन् ।

भेलाले १३४ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । सो समितिले महत्वपूर्ण निर्णयहरु गर्दै अघि बढेको र बीमा अभिकर्ता, बीमा कम्पनी र बीमितको हितमा काम गर्ने संयोजक गणेश अधिकारीले बीमा पोष्टलाई जानकारी दिए ।

अपडेटः
स्पष्टिकरणः यसैबीच, पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ बीमक संघका सह–सचिव महेश भट्टले आन्दोलन गर्न गठित समितिको विज्ञ समुहमा आफ्नो नाम समावेश गरिएको बारेमा आपत्ति जनाएका छन् । उनले बीमापोष्टलाई एक पत्र लेख्दै आफू उपस्थित नै नभएको भेलामा आफ्नो नाम विज्ञ समुहमा राखिएकोमा ध्यानाकर्षण भएको जनाउँदै आफू पेशागत बीमा अभिकर्ता संघको राष्ट्रिय सदस्यको रुपमा क्रियाशील रहेको स्पष्ट पारेका छन् ।

साथै भट्टले टुट फुट र विभाजनले झनै एजेण्डा कमजोर हुने भन्दै आफू एकताबद्ध संगठनको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

2 thoughts on “पेशागत बीमा अभिकर्ता संघमा विद्रोह, नेपाल लाइफ बीमक संघ पुनर्गठन गर्न माग

  1. मिन बहादुर ओली says:

    आजको बिमा पोस्टमा जथाभावी नाम राख्ने अधिकार कसले दियो? आन्दोलन र पुनः गठनको नाममा।

  2. दुर्गा भट्टराई says:

    आम अभिकर्ता र बीमितको हितमा रहेर बनेको सङ्घर्ष समिति सधैं सर्मिक को आवश्यकता लाइ बहुअर्थी सोचका साथ अगाडि बढ्ने छ भन्दै बीमा पोस्टलाइ धन्यवाद

Leave a Reply to दुर्गा भट्टराई Cancel reply

Your email address will not be published. Required fields are marked *


*