केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणनाको मिति घोषणा, कार्तिक २६ देखि मंसिर ९ गतेसम्म मुख्य गणना हुने

२१ भाद्र २०७८, सोमबार २२:५४

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत बैशाखमा कोरोनाको कारण अबरुद्ध भएको राष्ट्रिय जनगणनाको नयाँँ मिति घोषणा गरेको छ । विभागले कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मिति घोषणा गरेको छ ।

विभागले प्रस्तुत गरेको जनगणना सम्बन्धी कार्यतालिका आज बसेको मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भएको हो ।
‘सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत भयो, अब आजैबाट काम सुरु भइसकेको छ’ विभाग स्रोतले बीमापोष्टलाई जानकारी दियो ।

तथ्याङ्क विभागका अनुसार आज भदौं २१ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणनाका विभिन्न काम शुरु गर्ने कार्यतालिका मन्त्रिपरिषदबाट स्वीकृत भएको हो । अब विभागले युद्धस्तरमा काम अघि बढाएर गत असारमा गर्ने तयारी गरेको जनगणना सम्पन्न गर्ने जनाएको छ । सरकारले यसअघि गत बैशाख १९ गते सूचनामार्फत राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको घोषणा गरेको थियो ।

विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् । दशैंअघि सूचिकरण सम्पन्न भए पश्चात गणकहरुलाई पुनः कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने दिर्र्ई मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म परिचालन गर्ने निर्णय भएको छ ।

नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको हो । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि नियमित रुपमा प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यस वर्ष कोरोना महामारीका कारण केही महिना ढिलाई भएको हो ।

नेपालकाे-तथ्यांकीय-झलक-२०७८-Final

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*