बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

४ आश्विन २०८३, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ६१ हजार ६६० रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*