कालिका लघुवित्तको १२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
४ आश्विन २०८३, आईतवार १०:३१

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको भएपनि कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लिखित आवेदन दिनुपर्नेछ।











