कर्मचारी सञ्चयकोष संचालक समितिको अध्यक्षमा सचिव कर्ण नियुक्त

२२ भाद्र २०७८, मंगलवार १२:२८

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा कृष्णहरी पुष्कर कर्ण नियुक्त भएका छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले राजश्व सचिव कर्णलाई कर्मचारी सञ्चय कोष संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि राजश्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष संचालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

सोमबार अर्थमन्त्री जनार्दश शर्माले नवनियुक्त अध्यक्ष कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा संचालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था रहेको छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको संचालन मर्यादित ढंगले गर्न निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*