राष्ट्रिय बीमा कम्पनीद्वारा चौथो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

९ भाद्र २०८३, मंगलवार ०९:५२

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ। साथै साधारणसभाका लागि भदौ १८ गते कमपनीको शेयर दाखिला खारेज बन्द (बूक क्लोज) गरिने कम्पनीले जनाएको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्ति लेखापरीक्षकको नियुुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*