प्रतिनिधिसभाको बैठक स्थगित
९ भाद्र २०८३, मंगलवार १०:५३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख डोल प्रसाद अर्यालका आफन्तको निधन भएकोले सभामुख नै सहभागी हुन नपाउने भएकोले बैठक स्थगित गरिएको बुझिएको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।
कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।









