असोज १ गतेबाट दशैं बजार सञ्चालन गर्ने सरकारको निर्णय, नुनदेखि खसीसम्म छुटमा पाइने

२३ भाद्र २०७८, बुधबार ०७:३२

काठमाडौं । राष्ट्रिय पर्वहरु नजिकिँदै गर्दा सरकारले आगामी असोज १ गतेबाट सहुलियतपूर्ण पसलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आगामी असोज १ बाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेका छन् । सरकारी पहलमा प्रत्येक वर्ष दशैं अघिदेखि छठ पर्वसम्म यस्तो पसलहरु सञ्चालन गर्ने गरिन्छ ।

यसपटक काठमाडौं उपत्यकाभित्र र बाहिर गरी कम्तिमा क्रमशः ३९ र ३६ ठाउँमा पसल राखिने भएको खाद्य व्यापार कम्पनी सम्बद्ध स्रोतले जनाएको छ । उक्त दुई कम्पनीले चामल, चिनी, दाल, नून तथा अन्य खाद्य पदार्थमा छुट सुविधा सहित पसल सञ्चालन गर्न लागेको हो ।

यस वर्षको सहुलियतपूर्ण पसलमा नुनमा प्रतिकेजी २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिने निर्णय भएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । साल्ट ट्रेडिङको सहुलियत पसलमा ग्याँस, दाल चामलका अतिरिक्त तेल, घ्यु समेत पाइनेछ भने खाद्य व्यापार कम्पनीले तीन हजार खसी तथा एक हजार चार सय च्याङ्ग्रा समेत बिक्री गर्ने जनाएको छ । खाद्य व्यापार कम्पनीले दशैंमा काठमाडौंबासीका लागि मात्रै खसी र च्याङ्ग्रा बिक्री गर्न लागेको हो । सो कम्पनीले यस वर्ष खसीमा प्रतिकेजी १० रुपैयाँ छुट दिइने जनाएको छ ।

दशैं लक्षित पसलहरु राजधानीमा धेरै पनि राजधानी बाहिर न्यून मात्रामा हुने गरेका छन् । हिमाली क्षेत्रमा पाइने च्याङ्ग्रा समेत खाद्य व्यापार कम्पनीले काठमाडौंमा मात्रै बिक्री वितरण गरेर राजधानी बाहिरका उपभोक्तामाथि अन्याय गरेको आरोप मोफसलका उपभोक्ता छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*