साहज उर्जाको ७० लाख कित्ता आइपीओ असोज ६ गतेदेखि बिक्री खुल्ला

२९ भाद्र २०७८, मंगलवार १२:१६

काठमाडौं । साहज उर्जा लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै आईपीओ निष्काशन गर्ने क्रममा साहज उर्जाले पनि असोज ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ७० करोड रुपैंयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

निष्काशन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात २ करोड १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्तामा भने सर्वसाधारणले आवदेन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन पाउनेछन् । साथै तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेको खण्डमा असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेबसाइट वा एपबाट पनि आवदेन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*