हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२९ भाद्र २०७८, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्तँ शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

आज पनि सधैझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ । आज सर्वाधिक कारोबार कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै रैराङ हाइड्रोपावरको २२ करोड ७९ लाख, यूनाइटेड मोदी हाइड्रोपावरको २२ करोड ३४ लाख, एनआइसी एशिया बैंकको १५ करोड ७३ लाख र नेशनल हाइड्रोपावरको ११ करोड ८७ लाख माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*