नेप्से १८ अंकले घट्दा सबै उपसूचक राताम्य, ५ अर्बमा खुम्चियो कारोबार

२९ भाद्र २०७८, मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से शुन्य दशमलव ६५ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २९२९.२९ विन्दु कायम भएको छ ।

नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्तँ शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । अघिल्लो कारोबार दिनमा निर्जीबन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा आज सर्वाधिक घट्न पुगेको छ ।

त्यस्तै, आज पनि सधैझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ । आज सर्वाधिक कारोबार कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको कारोबार भएको हो ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*