२ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?

२९ भाद्र २०७८, मंगलवार १५:२४

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १८.५४ अकंले घट्दा कारोबार ५ अर्ब १९ करोडमा खुम्चिएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै रैराङ हाईड्रोपावरको ५.०४ प्रतिशत अकं, एनआईबिएल समृद्धि फण्डको ३.९४ प्रतिशत अकं र कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३.४६ प्रतिशत अकंले वृद्धि भएको हो ।


त्यस्तै, गुमाउने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनीको ५.५६ प्रतिशत अकं, सिटिजन म्युचुअल फण्डको ३.७७ प्रतिशत अकं, लाइफ इन्स्योरेन्सको ३.६४ प्रतिशत अकं र अजोड इन्स्योरेन्सको ३.५० प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*