शेयर बजारमा २९ अंकको संयोग

२९ भाद्र २०७८, मंगलवार १५:३९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजारमा २९ अंकको अनौंठो संयोग जुरेको छ । मंगलबार शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।आज बजार १८.५४ अंकले ओरालो लागेर नेप्से परिसूचक २९२९.२९ को विन्दुमा झरेको छ।  बजार भदौको २९ गते २९२९.२९ को विन्दुमा बन्द भएको छ।

आज भदौ २९ गते हो । पूँजीबजारसम्बन्धी कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समग्र मूल्य परिसूचक २९२९.२९ विन्दु कायम भएको छ । २९ गतेको नेप्से २९ सय २९ र दशमलव पछिको अंक समेत २९ नै कायम भएको छ ।

आज नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९ दशमलव २९ विन्दुमा पुगेको हो । यो पूँजीबजारमा सम्भवतः यस्तो अनौठो संयोगको पहिलो रेकर्ड नै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*