खर्बौको शेयर कारोबार उधारो ! राज्यलाई कर र ब्रोकरले पाए कमिशन, लगानीकर्ता हिस्सै

२९ भाद्र २०७८, मंगलवार २२:३९

काठमाडौं । विगत केही महिनादेखि नेपाली शेयर बजारमा भइरहेको दैनिक अर्बौको कारोबार मध्ये अधिकांश उधारो भएको पाइएको छ । शेयरको मूल्य उच्च अंकले बृद्धि भएका कारण लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दा शेयर कारोबार उच्च भएपनि तीन महिना अवधीमा भएको खर्बौ कारोबारबाट राज्यले कर र ब्रोकर कम्पनीले कमिशन बाहेक लगानीकर्ताले खासै प्रतिफल नपाएको गुनासो गरेका छन् ।

बीमापोष्टको सम्पर्कमा आएका एक लगानीकर्ताले भने ‘चार वर्षदेखि डुबेर बसेका थिए, करिब ३० लाख लगानी दुई करोड जति पुगेको बेला उक्त शेयर बिक्री गरर अर्को पोर्ट फोलियोको शेयर खरिद गरियो ।’

अधिकांश लगानीकर्ताले हाईड्रोपावरको शेयर बिक्री गरेर बैंक तथा वित्तीय संस्थाको शेयर भेला पारेको पाइएको छ । दैनिक २२ अर्ब रुपैयाँको कारोबार हुँदा सातामै एक खर्ब रुपैयाँसम्मको शेयर बिक्री भएका थिए । प्रत्येक साता एक एक खर्बका दरले शेयर बजारमा थप रकम लगानी भएको नभई शेयर खरिद बिक्रीका कारण ब्रोकर कम्पनीमा रहेको ब्यालेन्स पुनः शेयर खरिद गर्न प्रयो गरेका कारण धेरै कारोबार देखिइएको पाइएको छ ।

शेयरको पोर्टफोलियो परिवर्तन गर्नेहरु हाईड्रोपावरका लगानीकर्ताहरु भएको पाइएको छ । गत वर्षसम्म १०० रुपैयाँभन्दा तल रहेको हाईड्रोपावरको शेयर अहिले ७०० देखि १२०० रुपैयाँसम्ममा कारोबार भएकोा पाइएको छ । एउटै कम्पनीको दैनिक करोडौंको शेयर करोबार भइरहेको छ । ३०० रुपैयाँसम्ममा शेयर उठाएका लगानीकर्ताहरुले धमाधम हाईड्रोपावरको पोर्टफोलियो चेन्ज गरेका छन् । नयाँ लगानीकर्ताहरुले थाहा नपाएका कारण मूल्य बढिरहेका कम्पनीहरु छान्ने क्रममा कर्नरिङको मारमा परेको समेत हुनसक्ने भन्दै नेपाल धितोपत्र बोर्डले छानविन गर्ने चर्चा चलेको थियो ।

शेयर बजार उच्च बिन्दुमा पुगेका बेला लगानीकर्ताहरुले आफू सुरक्षित हुने गरी पोर्टफोलियो चेन्ज गर्न खोज्दा शेयरको मूल्य कहिले उच्च अंकले बृद्धि हुने त कहिले उच्च अंकले घट्ने भइरहेको छ ।

पछिल्लो समय आज कारोबार रकम निकै तल झरेपछि लगानीकर्ताहरु अब पर्ख हेरको स्थितिमा पुगेको अनुमान गर्न गाह्रो छैन । तर, नेपाली शेयर बजारमा अझै चुनौतिको अन्त्य नभइसकेको बजार विश्लेषकहरु बताउँछन् ।

नेप्सेमा पछिल्लो छ महिना मात्रै १० खर्बभन्दा बढिको शेयर कारोबार भइसककेो छ । नेपाल पुनर्बीमा कम्पनीको मात्रै ४० अर्बभन्दा बढि कारोबार भएको छ । अन्य दर्जनौं हाईड्रोपावर कम्पनीहरुको छ महिनामा खर्बौको कारोबार भएको छ । सो कारोबारबाट सरकारले गत आवमा मात्रै १४ अर्ब रुपैयाँभन्दा धेरै कर शेयर कारोबारबाट प्राप्त गरेकोछ ।

त्यस्तै ब्रोकर कम्पनीहरुले पनि करोडौं रुपैयाँ कमिशन बुझेका छन् । तर, लगानीकर्ताहरुले शेयर बिक्री गरेर नगदमा रुपान्तरण नगरी ब्रोकर कम्पनीले आफ्नो खातामा जम्मा गरेको रकमले पुनः अर्को शेयर खरिद गरेकोले लगानीकर्ताले लाभ लिइसकेको देखिएको छैन । कतिपय शेयर लगानीकर्ताहरु विदेशमा रहेको र आगामी कार्तिकमा हुने एनआरएनको निर्वाचनमा भाग लिन आउँदा शेयर बिक्री गरी नेपालमा घुमफिरमा खर्च गर्ने अनुमान समेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*