बुधबार सुन तोलामा ६०० रुपैयाँले बढ्दा चाँदी स्थिर

३० भाद्र २०७८, बुधबार ११:३५

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा मंगलबार स्थिर रहेको सुनको मूल्य आज ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९१ हजार २०० र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार स्थिर रहेर १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*