नेप्से ७६ अंकले घट्दा सबै उपसूचक राताम्य, कारोबार ९ अर्बमा सिमित

३१ भाद्र २०७८, बिहीबार १५:२८

काठमाडौं । बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ७६ दशमलव ६५ अंकले घटेर २८१२.३९ विन्दुमा कायम भएको छ ।

साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक रुपैयाँका आधारमा जिर्नीबन बीमा कम्पनी समूहको ३८३.३९ रुपैयाँले घटेको छ । त्यस्तै प्रतिशतका आधारमा फाइनान्स समूहको ४.९४ प्रतिशतले घटेको छ ।

आज पनि सधाँझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको कारोबार भएको हो ।  साथै आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*