असोज ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र नेपाल ल्युब आयलको ३५% लाभांश पाउने

३१ भाद्र २०७८, बिहीबार १७:१५

काठमाडौं । नेपाल ल्युब आयलले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । आयलले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको हो ।

कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोजको मिति तय गरेको छ । जसअुनसार असोज ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिई उक्त लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले असोज १८ गते कार्यालय झम्सिखेल ललितपुरबाट भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा गर्ने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*