१६ बुँदे मागसहित शेयर लगानीकर्ताहरुले थाले आमरण अनसन

३१ भाद्र २०७८, बिहीबार १८:१०

काठमाडौं । शेयर धितो सुधारको माग गर्दै आइरहेका लगानीकर्ताहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत पूजीबजार सुधार संघर्ष समितिको अगुवाइमा नेप्सेको कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् । संघर्ष समितिले १६ बुदे माग राख्दै आमरण अनसन सूरु गरेका हुन ।

लगानीकर्ताहरुले आफ्नो १६ बुदे माग सहित इन्साइडर ट्रेडिङको कानुनी दायरा लाई छानबिन गर्न र सिसिडि रेसियो सिडि रेसियो लगाई अबौ रुपैया तरलता गायब गरी ब्याजदर आतकं सिर्जना गर्न हुनाले सिडि रेसियो खारेज गरी सिसिडि रेसियो नै कायम गर्न माग गरेको छ । त्यस्तै, लघुवित्त कम्पनीहरुले २० प्रतिशत भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५० प्रतिशत भन्दा माथिको रिजर्व राख्नुपर्ने अनूचित र अव्यवहारिक ब्यवस्थालाई खारेज र १ प्रतिशत बाट १.३ प्रतिशत हुनेगरी बढाएको असल कर्जा सम्बन्धी ब्यबस्थालाई १ प्रतिशत नै कायम गनुपर्ने राखेका छन् ।

साना लगानीकर्तालाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्न उद्देश्यले ल्याउन लागेको बुक बुलिङ तत्काल खारेज गरी १ सय रुपैया प्रतिकित्तामा आईपीओ जारी गनुपर्न र ५० कित्ता भन्दा कम आईपीओेको आवेदन दिन नसकिने भन्ने किसिमको नया एवं कम पूजी भएका लगानीकर्तालाई बजार प्रवेश गर्न नदिने चलखेललाई पूर्ण रुपमा रोक्नुपर्न भन्दै लगानीकर्ताहरुले आमरण अनसन थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*