एनएमबि क्यापिटलको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । एनएमबि क्यापिटलको साधारण सभा आज हुँदैछ ।सभा आज आरण्य बुटिक होटल हात्तिसार काठमाडौं बिहान ११ः३० मा सुरु हु्ँदैछ।
सभामा एनएमबि बैंकले चुक्ता पूंजीको ३० प्रतिशत लाभांश पाउने प्रस्ताव अघि बढाउने भएको छ ।बैंकको क्यापिटलमा शतप्रतिशत लगानी रहेकोले लाभांश बैंकले पाउने भएको हो ।गत आवबाट क्यापिटलले चुक्ता पूंजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित ११ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिकोबाट अध्यक्षद्धारा वार्षिक प्रतिवदेनमाथि छलफल र आवको असार मसान्तसम्मको लेखापरीक्षक प्रतिवेदन माथि पनि छलफल हुने भएको छ । यस्तै, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतकाच वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने एजेण्ड रहेको छ ।उक्त साधारण सभाले चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती समेत गर्न छ ।