शेयर बजारको पहिरो रोक्न नागरिक स्टक डिलरले किन्यो दुई अर्बको शेयर, यसरी हुँदैछ बजारमा हस्तक्षेप

३ आश्विन २०७८, आईतवार ०७:४१

काठमाडौं । नागरिक स्टक डिलर लि यतिबेला बजार घटेको भन्दै शेयर किन्न व्यस्त रहेको देखिएको छ । तर, बैंकमा तरलताको हाहाकार भएर निरन्तर घटिरहेको शेयर बजारमा नागरिक स्टक डिलरको प्रयासले पहिरो रोकिनेमा आशंका व्यक्त गर्दै उल्टै नागरिक स्टक डिलर नै संकटमा पर्ने विश्लेषण गर्न थालिएको छ ।

नेपालको एक मात्र स्टक डिलर कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडले पछिल्ला दिनहरुमा भटाभट शेयर खरिद गरिरहेको भेटिएको छ । गत भदौ २० गते नेप्से परिसूचक १०८.१६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको बेला नागरिक स्टक डिलरले ४४ करोड ४८ लाख रुपियाँको शेयर खरिद गरेको छ । स्टक डिलरले शेयर बजारलार्ई स्थायित्व दिने उद्देश्यले सो मात्रामा शेयर खरिद गरेको हो । त्यस्तै गरी भदौ २३ गतेको ६० अंकले नेप्से परिसूचक गिरावट आई २८७६.५९ विन्दुमा झरेको दिन पुनः १४ करोड ७८ लाख रुपियाँको शेयर खरिद गरेकोछ । त्यस्तै भदौ २४ गते पनि १० करोडको शेयर खरिद नै गरेको तथ्यांकले देखाउँछ ।

शेयर बजारमा लगातार गिरावट आउँदै गर्दा नेप्से स्टक डिलरले लगातार शेयर खरिद गरिरहेको छ । बुधबार मात्रै पनि ३१ करोड ८७ लाख र २३ करोड ५३ लाख रुपैयाँको शेयर खरिद गरेको । बिहिवार ७५ अंकले नेप्से तल झरेको थियो । पछिल्लो दुई साताको १२ कारोबार दिनमा मात्रै नागरिक स्टक डिलरले २ अर्ब ६९ करोड रुपियाँको शेयर खरिद गरेर ८१ करोड रुपियाँको मात्र शेयर खरिद गरेको छ ।

दैनिक अर्बौ रुपैयाँको कारोबार हुने नेप्सेमा केही करोड रुपैयाँको शेयर खरिद हुँदैमा नेप्सेमा जारी पहिरो रोकिने सम्भावना देखिदैन । बरु शेयर मूल्य लगातार घटेका कारण नागरिक स्टक डिलर नै संकटमा पर्न सक्ने विश्लेषण शेयर बजारका ज्ञाताहरुले गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*