बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

३ आश्विन २०७८, आईतवार १०:३२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ निष्काशन गरिसकेकोमा सर्वसाधारणका लागि पनि असोज ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले अंकित १०० रुपैयाँका दरले ८ लाख कित्ता साधारण शेयर मध्ये ४० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा १६ हजार कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर सार्वजकि रुपमा निष्काशन तथा बिक्री गर्न लागेको हो ।

कम्पनीले सो शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने जनाएको छ । आईपीओ बन्द छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते हुनेछ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले आइपीओमा आवेदन दिन विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानिय बासिन्दाका लागि ४ लाख कित्ता आइपीओ निष्काशन गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*