ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर पारित

३ आश्विन २०७८, आईतवार १७:३४

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज आइतबार ८ औं वार्षिक साधारण सभा क्वीन्स क्याफे अनामनगर, काठमाडौंमा सम्पन्न गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को खुद मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको छ ।

साथै सभाले उक्त बोनस शेयर वितरणपछिको कायम हुने चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार रुपैयाँको आधारमा १ बराबर २ (१ः२) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरी पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*