सुनको मूल्य २०० रुपैयाँले घट्यो

४ आश्विन २०७८, सोमबार १२:०८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ ।

साथै अघिल्लो दिन छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँ खरिदबिक्री भएको थियो ।

त्यस्तै आइतबार प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले घटेर १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*