नेशनल लाइफमा यो बर्ष व्यक्तिगत र टिममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता को बन्यो ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ ।
कम्पनीले आ.व. २०८२/२०८३ मा तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई यरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक।म सम्पन्न भएको हो . बर्षभरी उत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ताहरुलाई कम्पनीले सम्मान गर्ने गर्दछ । यस बर्ष पनि अभिकर्ताहरुको सम्मानको लागि बुटवलमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरिसकेको छ।
कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा वुटवलबाट सर्मिला अर्याल पाण्डे बन्न सफल भएको छ। दोस्रोमा राज कुमार थारु बन्न सफल भएको छ।
तेस्रोमा बिमल न्यौपाने रहेको छ।
त्यस्तै, समूह अन्तर्गत प्रथम स्थानमा सुर्खेतका प्रेम विसी रहेका छन् ।
दोस्रो स्थानमा झापाबाट टिका प्रसाद खरेल रहेका छन् ।तेस्रोमा टिका प्रसाद खरेल रहेका छन् । खरेल जनकपुरबाट रहेका छन् ।











